फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।
४२ वर्षीय म्याक्रोन अबको सात दिन आइसोलेसनमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ । म्याक्रोनले आइसोलेसनमै रहँदा पनि आफ्ना नियमित काम गर्ने जनाइएको छ ।
कोरोना संक्रमण रोक्न फ्रान्सले यस साता रातमा कर्फ्यु लगाएको थियो ।
फ्रान्समा हालसम्म २० लाख जनतामा कोरोना संक्रमण भएको र ५९ हजार ४ सय जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0