छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ लहर चलेसँगै त्यहाँको अवस्था निकै नाजुक भएको छ । बढ्दो संक्रमितको संख्या र मृत्युदरले जनजीवन प्रभावित भएको छ ।
बितेको २४ घन्टामा भारतमा ३ लाख ६० हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बितेको २४ घन्टामा ३ हजार २९३ जनाले ज्यान गुमाइसकेका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट १ करोड ७९ लाख ९७ हजार २६७ जना संक्रमित भइसकेका छन् भने २ लाख १ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0