नेपालमा नयाँ कोरोना संक्रमितको दर दिनहुँ बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा देशभर ५७२७ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पिसिआर परीक्षणबाट ५६५७ र एन्टिजेन परीक्षणबाट ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १५ हजार ३९१ पिसिआर परीक्षण गरिएको छ । ५२५ को एन्टिजेन परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ।
२४ घण्टामा ९२८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३२७९ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0