भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
सोही अवधिमा त्यहाँ ३ हजार ४२२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । संक्रमितमध्ये १ करोड ५२ लाखभन्दा बढी निको भइसकेका छन् । हाल ३४ लाख सक्रिय संक्रमित रहेका छन् ।
अमेरिकामा ३ करोड ३१ लाख ७९ हजार २८५ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा करिब ३० हजार संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १ करोड ४७ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सयभन्दा बढीको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0