पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३८१ जना र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा सुर्खेतमा मात्रै ३६२ जना रहेका छन् । यस्तै दैलेखमा ६३ जना, जाजरकोटका ३८ जना, रुकुम पश्चिमका ५२, सल्यानका ५४, कालिकोटका २०, जुम्लाका २, डोल्पाका १ र अन्य प्रदेशका ७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ७९८ पुगेको छ । योसँगै हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ३ हजार २४७ पुगेको छ ।
थप ७ जनाको मृत्यु
यस्तै पछिल्लो २४ घण्टाभित्र थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमितमध्ये ८० जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0