कोरोना संक्रमणको दर बढी रहेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार मानिस संक्रमण मुक्त भएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या ४ लाख ४ हजार पुगेको छ।
भारतमा ४ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएको यो चौथो दिन हो ।
भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कुल संख्या २ करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमितमध्ये हालसम्म १ करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0