वसुन्धराको राधास्वामी केन्द्रमा ८८ शय्याको आइसोलेसन सेन्टर बनाइने

नेपाली सेनाले काठमाडौंको वसुन्धरामा ‘कोभिड आइसोलेन तथा अक्सिजन थेरापी सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ ।

केही दिनभित्रै सञ्चालन हुने ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गरे । सुविधासहित तत्काल ८८ शय्याको अक्सिजन थेरापी सञ्चालन गर्न लागिएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

केन्द्रको निरीक्षणपछि सिसिएमसीका संयोजक उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाएको र सोही अनुसार वीरेन्द्र सैनिक अस्पताल र राधा स्वामी संस्थाबाट भएको योगदान प्रशंसनीय भएको बताए । उनले यो केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको सहभागिता थियो ।  आइसोलेसन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो  ।



  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १५:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया