कर्णाली प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले एक अर्ब रकम छुट्याएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मंगलबार भएको भेटघाटमा शाहीले उक्त जानकारी दिएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा कलौनीले कोभिड-१९ नियन्त्रण र प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा चासो व्यक्त गरेका छन् ।
भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरू तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिने गरी प्रयास गरिरहेको बताए ।
कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको मुख्यमन्त्री शाहीले बताए । कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् ५० करोड विकास खर्चबाट रकमान्तर गरेको समेत बताए । प्रदेश प्रमुख कलौनीले परीक्षण दर बढाउन, संक्रमितको उपचारमा सहज बनाउन सुझाव दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0