आज देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0