पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा प्रयोगशालाहरूमा गरिएको आरटी पिसिआर परीक्षणमा ४६९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा हालसम्म कुल संक्रमित हुनेको संख्या १८ हजार ६७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमित उपचार पछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये ११ हजार ३६३ पुगेको छ ।
थप ९ जनाको मृत्यु
यस्तै कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत ९ जनाको मृत्यु भएको छ । जसमा सुर्खेतका ५, रुकुम पश्चिम, जाजरकोट, डोल्पा र दैलेखका १÷१ जनाको मृत्यु भएको छ । योसंँगै कुल संक्रमितमध्ये हालसम्म १७१ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0