नेपालमा पछिल्लो ३ दिनदेखि कोरोना संक्रमण घट्दो क्रममा छ । आज देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा आरसी पिसिआर विधिबाट १७ हजार १४७ जना र एन्टिजेन विधिबाट ३०१८ गरी कुल २० हजार १६५ जनाको परीक्षणमा यो नतिजा आएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ हजार ८८९ जना कोरोना मुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा ५ लाख ६६ हजार ५८७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ५४ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ४५४ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0