जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्दा तराई-मधेशमा ठूलो प्राकृतिक संकट आउने बताएका छन्।
अध्यक्ष यादवले बुधबार विज्ञप्ति निकालेर सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका हुन्।
'ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्नेछ', उनले भने, 'जसको मूल्य तराई-मधेशमा बसोबास गर्ने नागरिकले चुकाउनु पर्ने हुन्छ।'
चुरे क्षेत्रबाट प्राकृतिक सम्पदा भारत पठाउने बजेटको घोषणा राष्ट्रघाती भएको उनले बताए। केही व्यवसायीलाई फाइदा गरे पनि यो आमनागरिकको हित विपरीत रहेको यादवको तर्क छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0