पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज थपिएका ६ हजार ६३१ जनामध्ये उपत्यकाका १ हजार ३८४ जना रहेका छन् । आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ पिसिआर र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षण भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0