कर्णालीका थप ४ जना संक्रमितको मृत्यु, ८९७ जना निको भए
सांकेतिक तस्बिर

कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा थप चार जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखका एक/एक जना रहेका छन् । यो सँगै कर्णालीमा हालसम्म कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या २६१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा प्रदेशभर आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २३९ र एन्टिजेन विधिबाट ११५ जनामा संक्रमण नयाँ पुष्टि भएको छ । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमण पुष्टि हुनेको सख्ंया २४ हजार ५७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८९७ जना संक्रमित निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या १८ हजार ७४९ पुगेको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ३७३ जना संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १९:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया