अस्ट्रेलियाले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

अस्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ विरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो । 

उक्त स्वास्थ्य सामग्री लिएर अस्ट्रेलियन एयर फोर्सको विमान काठमाडौं आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तर गरिन् ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा नेपाली सेनाले अस्ट्रेलियाको सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । उक्त स्वास्थ्य सामग्री कोभिड-१९ विरुद्ध खटिएका नेपाली सेनाका स्वास्थ्यकर्मीले प्रयोग गर्ने नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।

अस्ट्रेलियाको उक्त सहयोगबाट नेपाली सेनाका स्वास्थ्यकर्मीको सुरक्षामा थप बल पुग्ने सेनाले विश्वास लिएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १६:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया