५७४८ जना संक्रमण मुक्त, ८१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ । सोही समयमा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७४८ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दिएको जानकारी अनुसार आज काठमाडौं उपत्यकाका ९१५ कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पिसिआर र ४५६८ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा पिसिआरमा ३४४९ र एन्टिजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ ।





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १७:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया