भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित : सक्रिय सङ्क्रमित पाँच लाखभन्दा कम

भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । 

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा पछिल्ला केही सातादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिँदै गएको छ । 



सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुँदै गएको छ । 

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सबैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 



स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ४ लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख २ हजार ३६२ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये २ करोड ९६ लाख ५ हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने ४ लाख १ हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १४:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया