सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३०७५ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा २३२१ र  एन्टिजेनमा ७५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १६ हजार ४३८ नमुनाको परीक्षण गरिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरी ११ हजार ९४६ पिसिआर परीक्षण गरिएको छ । ४ हजार ४९२ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ७ लाख ४२ हजार २२८ जना पुगेको छ। अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८ हजार ३७७ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २१२६ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१  हजार २९९ पुगेको छ। 



अहिले देशभर सक्रिय  संक्रमितको संख्या ४० हजार ५०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १० हजार ४२९  पुगेको छ। 



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १६:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया