देशभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार १३ हजार ११७ नमुनामध्ये ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित २५ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0