देशभर थपिए १८ सय ५७ जना संक्रमित, थप २७ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर पिसिआर विधिबाट ९ हजार ४०९ र एन्टिजेन विधिबाट ३ हजार ७६७ जना गरी कूल १३ हजार १७६ जनाको कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये १४.०९ प्रतिशतमा संक्रमण भेटिएको छ । 

यस्तै पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण देशभर थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १८:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया