पछिल्ला दिन नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ८६६ जना रहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३३ हजार ८३५ जना होम आइसोलेशनमा बसेर उपचार गरिरहेका छन् । संस्थागत आइसोलेशन (अस्पताल)मा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।
अस्पतालमा उपचारत सक्रिय संक्रमितमध्ये ६१५ जना सघन उपचार कक्षमा र १७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको थियो । बिहीबार यो संख्या ३८ हजार ३८४ रहेको थियो । पछिल्ला दिन कोरोना विरुद्धको खोप लगाउनेको संख्या बढेसँगै संक्रमितको संख्या घट्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0