नेपालमा ९१ लाखभन्दा बढीले लगाए कोरोना खोप

नेपालमा कोरोना खोपको पहिलो र दोस्रो डोज लगाउनेको कूल संख्या ९१ लाख नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशभर कूल ९१ लाख १६ हजार २८७ जनाले खोप लगाएका छन् । 

कोरोना खोप लगाउनेमध्ये पहिलो डोज मात्र लगाउनेको संख्या ५० लाख ६३ हजार ५२२ जना रहेको छन् । यस्तै, ४० लाख ५२ हजार ७६५ जनाले कोरोना खोपको पहिलो र दोस्रो दुवै डोज लगाइसकेको मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा हालसम्म ४३ लाख ४५ हजार ३३९ नमुनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ८ लाख ४० हजार ८०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ७ लाख १० हजार ४५२ जना निको भइसकेका छन् ।  संक्रमितमध्ये १० हजार ६९० जनाको मृत्यु भएको छ । 
 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १८:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया