नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टी कार्यालयअगाडि प्रदर्शन गर्ने तयारी गरेको छ ।
विधानअनुरुप अधिवेशन हुनुपर्ने र तदर्थ समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै संघले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने तयारी गरेकाे हाे ।
पार्टीकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेकाे बेला दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएकाे एक नेताले जानकारी दिए । उनका अनुसार प्रदर्शन १ बजेबाट सुरु गरिने छ।
राजीव ढुंगाना १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संघ नेतृत्वविहीन छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0