अभिनेता पल शाहलाई पक्रन प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुल जारी गरेको छ । गायिका समीक्षा अधिकारी पलविरुद्ध जबरजस्ती करणीको उजुरी दायर गरेपछि पललाई पक्रन प्रहरीले सर्कुलर जारी गरेको हो ।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दायर भएको हो । पलविरुद्ध समीक्षाका बुवाले किटानी जाहेरी दर्ता गरेका हुन् ।
जाहेरीपछि प्रहरीले पलको हुलिया खुलाउँदै उनलाई पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरेको छ ।
सर्कुलरमा उनको नाम पूर्णबहादुर साह रहेको र दाङको घोराही उपमहानगरपालिका-२ रामपुर स्थायी वतन बताइ हाल काठमाडौंको नयाँ बानेश्वर खरिबोट ओमशान्तिशोकमा बस्ने उल्लेख गरिएको छ । उनलाई जहाँ भेट्य त्यहीँ पक्राउ गरी तनहुँ पठाउन पनि सर्कुलरमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0