केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले आगामी वर्ष बिहे गर्ने भएका छन् । उनीहरुले पारिवारिक सहमतिमा बिहे गर्न लागेका हुन् ।
आगामी वर्ष २०७९ मा विवाह गर्ने निश्चित भएको सृष्टिले बताएकी छिन् । सृष्टिका बुवाआमाले लण्डनबाट नेपाल आएर सौगातलाई पनि भेटेका छन् ।
बुबाआमालाई बिरामी हुँदा सोगातले केयर गरेको र बुबाआमाले पनि आफ्नो रोजाइलाई मन पराएको उनले बताइन् ।
सृष्टि पूर्वमिस नेपाल पनि हुन् । उनले केही नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।
सौगात थिएटरबाट फिल्मक्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । ‘लुट’लगायत उनका दर्जनौँ फिल्म दर्शकले रुचाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0