संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच संवाद हुने भएको छ ।
दबङ रिलोडेड टुर र नेपालको पर्यटन प्रवर्द्धनबारे उनीहरूले भर्चुअल संवाद गर्ने भएका हुन्।
भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी पनि हुने ओडिसी इन्टरटेनमेन्टले जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै ओडिसीले संवादका क्रममा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ कार्यक्रम पनि तय भएको जनाएको छ ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर आयोजना हुँदै छ । ओडिसी सलमानलाई नेपाल ल्याउन लागेको हो ।
यसअघि नै ओडिसीले सलमानलाई नेपाल ल्याउन तयारी गरे पनि विवादका कारण कार्यक्रम रोकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0