नाबालिग किशोरीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान तनहुँ प्रहरीले सकाएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा सोमबार मिसिल बुझाएको छ ।
सरकारी वकिल कार्यालयले उक्त मिसिल अध्ययनपछि जिल्ला अदालतमा दर्ता गर्ने जानकारी दिएको छ ।
शाहविरुद्ध एक नाबालिग किशोरीले आफूमाथि विवाहको प्रलोभन देखाएर बारम्बार करणी गरेको आरोप लगाएकी थिइन् । प्रहरीसमक्ष आफैं उपस्थित भएका पलविरुद्ध नवलपराजी जिल्ला अदालतमा बलात्कार आरोपमा अर्को अनुसन्धान मिसिल दर्ता भइसकेको छ ।
नवलपुर जिल्ला अदालतमा दर्ता भएको मिसिलमा शाहले किशोरीमाथि बलात्कार गरेको पुष्टि हुने भन्दै १६ वर्षको जेल सजाय हुनु पर्ने माग गरिएको छ ।
ती नाबालिग किशोरीले ११ फागुनमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । शाह आफैं १५ फागुनमा प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानका लागि प्रहरीले तीन पटक अदालतबाट म्याद थप गराएर पलविरुद्ध अनुसन्धान गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0