काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
सोमबार साँझ कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दायाँ च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३–००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो ।
हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देवकुमार सेनको मृत्यु भएको प्रहरीले जनाएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् । चालक भने फरार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0