सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो ।
अध्यक्षका दाबेदार नरेश पौडेलसहित पाँचजनाले विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै गत शुक्रबार रिट दिएका थिए । उनीहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए ।
तर, सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुवै पक्षलाई बोलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0